अनेरास्ववियू(क्रान्तिकारी) को केन्द्रीय कमिटि बिस्तारमा निबर्तमान पदाधिकारीहरुकै असन्तुष्टि
रामप्रसाद ढकाल८३० पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २७, सोमबार (२ साल अघि)
काठमाडौं :- अनेरास्ववियू(क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन भएको ७५ दिन पूरा हुदा अध्यक्ष पंचा सिंह को फेसबुक मार्फत केन्द्रीय समिति सार्बजनिक भएको छ | केन्द्रीय समिति अध्यक्ष सहित १९९ को पारित भएकोमा ३ जना ममोनित गर्ने गरि १९६ जनाको नाम सार्बजनिक गरिएको छ जसमा प्रदेशको जिम्मेवारी सहित र केन्द्रीय प्रतिनिधि समेत उल्लेख गरिएको छ |
यता अध्यक्ष पंचा सिंहको फेसबुक मार्फत केन्द्रीय समिति सार्बजनिक भै रहदा अनेरास्ववियू(क्रान्तिकारी) का नेता तथा कार्यकर्ताले भने व्यापक रुपमा सामाजिक सन्जाल मार्फत असन्तुष्टि पोखी राखेका छन | अनेरास्ववियू(क्रान्तिकारी) कै निबर्तमान सचिब पवन कार्कीले उक्त लिस्ट नै खारेज गर्न माग राखेका छन् |
कमरेड पवन कार्कीले फेसबुक मा लेखेको स्टाटस जस्ताको जस्तै:-
प्रिय कमरेडहरु अबिभादन !
अनेरास्ववियू(क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन भएको आज ७५ दिन पूरा भएको छ । हामी सबैलाई थाहा छ सम्मेलन बाट केन्द्रिय कार्यसमिति र पदाधिकारी चयन हुन सकेन ! त्यत्रो सम्मेलनको हलमा आम प्रतिनिधि हरुले उठाएको विधि, पध्दती र उचित मापदण्डको आधारमा कार्यसमिति र पदाधिकारी चयन गर्नुपर्ने बिषय सर्बबिदित नै छ । तर आज मिति २०७८/८/२७ गते संगठनको लेटर प्याडमा अध्यक्ष कमरेड पंचा सिंह को फेसबुक मार्फत सार्बजनिक भएको लिष्ट राष्ट्रिय सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको भावना बिपरित बिना मापदण्ड,संगठनमा निरन्तर काम गरिरहनुभएका साथिहरुको राजनैतिक भबिस्य अन्त्य गर्ने मनसायका साथ फ्र्याक्सन समितिका कमरेडहरु समेतलाई बेवास्ता गरि आएको हुंदा यो अबैधानिक रहेको ठहर गर्दै उक्त लिष्ट खारेज गरि निम्न बमोजिम गर्नका लागि सम्पुर्ण नेता कार्यकर्ताहरुमा हार्दिक अपिल गर्दछु ।
१.२२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिका साथीहरू नयाँ केन्द्रिय समितिमा रहने र बिदा हुने मापदण्ड बनाऔं !
२. केन्द्रिय समितिमा नंया साथिहरु अपग्रेड हुने मापदण्ड तय गरौं ।
३.निर्धारित उचित मापदण्ड , दक्षता,क्षमता,सकृयता,भौगोलिक समानुपातिकता र समाबेसीता को आधारमा नयाँ केन्द्रिय समिती,आयोग र पदाधिकारी निर्माण गरौं !
४.यदि यसो नगर्ने र हुकुमी फर्मान चलाउने सोच कसैको हो भने तत्काल राष्ट्रिय भेलामा गएर नेतृत्व चयन गर्नुपर्ने बाध्यता आज हाम्रो अगाडि चुनौतीको रुपमा खडा भएको हुँदा तत्काल निर्णय सच्याउन नेतृत्व समक्ष विनम्र अनुरोध गर्दछु ।