अमेरिकी उपराष्ट्रपति जेडी भेन्स इरानसँग हुने नयाँ चरणको वार्ताका लागि पाकिस्तानतर्फ प्रस्थान गरेका छन्।
BBC का अनुसार भेन्स सोमबार पाकिस्तानका लागि उडेका हुन्। यसअघि भने अमेरिकी राष्ट्रपति Donald Trump ले न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा भेन्स पाकिस्तान नजाने बताएका थिए।
भेन्स यसअघि पनि अप्रिल ११–१२ मा पाकिस्तान पुगेका थिए, जहाँ उनले इरानसँगको वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। करिब २१ घण्टा लामो उक्त वार्ता निष्कर्षविहीन बनेको थियो।
उक्त छलफलमा कुनै सहमति हुन नसक्दा इरानको परमाणु कार्यक्रम र Strait of Hormuz को नियन्त्रणजस्ता विषयमा दुवै देशबीच अझै मतभेद कायम रहेको जनाइएको छ।




