ट्रेन्डिङ

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

कास्कीका किसानलाई दूध उत्पादनमा २ करोड २० लाख प्रोत्साहन अनुदान

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमाका लागि ओपिडी टिकट काउन्टर थप

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा जोड्छौँ : मन्त्री यादव

देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने रमेश लेखकको विश्वास

इन्डोनेसियामा खाना विषाक्तताबाट २६९ विद्यार्थी अस्पताल भर्ना

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरु

वर्षमान पुनले बाढी–पहिरोपीडितलाई एक महिनाको तलब दिने

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउन सरकारको छलफल तीव्र

अदालत जान डराउँदिनँ, कानुनको सामना गर्छु : शेरबहादुर देउवा

करको दायरा फराकिलो बनाएर मुलुकको आम्दानी बढाउने नीति लिएका छौँ : अर्थमन्त्री

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

खाना पकाउने ग्याँसको अभावप्रति राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

झापामा जेई सङ्क्रमण पुष्टि भएका नौमध्ये पाँच जनाको मृत्यु

रोल्पा पहिरोमा बेपत्ता तीनजनाको शव प्युठानमा फेला

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

धनुषामा १७ वर्षीया किशोरी घरकै कोठामा मृत फेला

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए राजीनामा

ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

ग्यास अभावबारे राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र सभामुख डिपी अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

एकैदिन ६ हजार ४०० सयले बढ्यो सुनको भाउ

राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने विधेयक पारित

संवैधानिक पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच छलफल

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

इन्डोनेसियाको ब्रोमो राष्ट्रिय निकुञ्जमा डढेलो, पर्यटक प्रवेशमा रोक

रास्वपाका मन्त्रीले महिनामा एकपटक पार्टी कार्यालयमै नागरिकका गुनासा सुन्नुपर्ने

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताले सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक प्रचण्ड

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए

रवि लामिछाने : धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्छ

सांसदको प्रश्न- निर्मलाले कहिले न्याय पाउँछिन्? गृहमन्त्रीको जवाफ- यसको उत्तर दिन चाहान्न

बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता

जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा

भूमिका:

गत भदौ २३ र २४ को जेन–जी आन्दोलन नेपालको समकालीन राजनीतिक इतिहासको एउटा निर्णायक मोड थियो । त्यो केवल विरोध प्रदर्शन मात्रै थिएन; त्यो राज्यप्रति गहिरिँदै गएको अविश्वास, राजनीतिक दलहरूको असफलता र नयाँ पुस्ताको असन्तुष्टिको विस्फोट थियो । दुई दिनमै ७६ जनाको मानविय र अरबौको सार्वजनिक तथा निजी सम्पत्ति तथा धरोहरको ठूलो क्षति भएको त्यो घटनाले स्पष्ट गर्‍यो – नेपालको राजनीति र सत्ताको कतिपय संरचनागत प्रणाली केवल सुधारको होइन, पुनर्विचारको चरणमा पुगेको छ। त्यही उर्जाको प्रतिफलस्वरूप नयाँ शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदायो, जनादेश प्राप्त गर्‍यो र अहिले देशमा बालेन नेतृत्व को शक्तिशाली सरकार निर्माण भएको छ।

यहाँ सरकार बनेको दुइ दिनमै उसको भविष्यवाणी गर्ने भन्दा पनि प्रतिनिधिसभामा
झण्डै दुई तिहाइ (२७५ सिट मध्ये १८२ सिट) को बहुमतसँगै बनेको यो सरकारको अवसर र जोखिमको विषयमा चर्चा गर्न खोजिएको छ । यसै सन्दर्भमा संसारका विभिन्न इतिहासले देखाएको छ कि आन्दोलनले सत्ता त दिलाउँछ, तर त्यसको भविष्य – उसको  शासनको गुणस्तर, संस्थागत परिपक्वता, विधिको शासन र राजनीतिक संस्कारले निर्धारण गर्छ । त्यसैले अहिलेको प्रश्न केवल “को सत्तामा छ?” भन्ने होइन, “सत्ता कसरी प्रयोग हुन्छ?” भन्ने हो ।

जेन–जी आन्दोलन: असन्तुष्टिको जड र सन्देश:

जेन–जी आन्दोलन आकस्मिक थिएन। यसको जड लामो समयदेखि थुप्रिँदै आएका संरचनागत समस्यामा थियो । राजनीतिक दलप्रति चरम अविश्वास, भ्रष्टाचार र दण्डहीनताको संस्थागत अनुभूति, राज्य संयन्त्रको असंवेदनशील र प्रतिक्रियाविहीन व्यवहार, युवाको प्रतिनिधित्व र सहभागिताको अभाव नै यसको मुख्य कारण हो । अर्कोकुरा यो आन्दोलनले स्पष्ट सन्देश दियो कि “ मुलुकमा सरकार परिवर्तन मात्रै पर्याप्त छैन,  राज्यको कतिपय संरचनात्मक प्रणालीमा नै परिवर्तन अनिवार्य छ ।” तर यही आन्दोलनको दमन र त्यसपछि उत्पन्न भएको राजनीतिक संक्रमणको साथै उक्त जेन–जी उभार पश्चात प्राप्त झण्डै दुईतिहाइको हालको सरकारले अर्को प्रश्न पनि उठाएको छ – के नयाँ शक्ति पनि पुरानै प्रवृत्तिबाट मुक्त हुन सक्छ ?

झण्डै दुईतिहाइको जनादेश: ऐतिहासिक अवसर कि शक्ति केन्द्रीकरण ?

प्रतिनिधिसभामा झण्डै दुईतिहाइ सिटसहित बनेको सरकार वर्तमान नेपालको सन्दर्भमा सौभाग्य हो । विगत तीन दशकमा राजनीतिक अस्थिरता, गठबन्धनको खेल र ‘म्युजिकल चेयर’ को राजनीतिबाट आजित जनताले स्थायित्वको खोजीमा यस्तो जनादेश दिएका पनि हुन् ।
तर, यति ठूलो जनादेशले दुईवटा समानान्तर यथार्थ जन्माउँछ । त्यो हो – पहिलो, संरचनात्मक सुधारको अवसर र अर्को शक्तिको अत्याधिक केन्द्रीकरणको जोखिम ।

संसदमा कमजोर प्रतिपक्ष, छिन्नभिन्न नागरिक समाज र दबाबमा परेको मिडियाबीच यस्तो शक्तिशाली कार्यकारीलाई सन्तुलनमा कसले राख्ने ? – भन्ने प्रश्न अहिलेको केन्द्रीय बहस बनेको छ ।

कमजोर प्रतिपक्ष र लोकतान्त्रिक सन्तुलनको चुनौती:

लोकतन्त्रमा प्रतिपक्ष केवल विरोधी शक्ति होइन; त्यो सत्ताको निगरानी गर्ने अनिवार्य संयन्त्र हो। अहिले संसदमा प्रतिपक्ष संख्यात्मक रूपमा मात्र होइन, प्रभावका हिसाबले पनि कमजोर छ।
यसको सीधा असर – संसदमा प्रभावकारी बहसको कमी, संसदीय समितिहरूमा सत्ताको पूर्ण नियन्त्रण, वैकल्पिक नीतिगत आवाजको अभाव जस्ता कुराहरूमा पर्छ । यस्तो अवस्थामा लोकतन्त्रको भार स्वभावतः  न्यायपालिका, मिडिया र नागरिक समाजमा सर्छ। तर ती संस्थाहरू पनि यदि कमजोर भए भने शक्ति सन्तुलन गम्भीर रूपमा बिग्रन सक्छ।

“निर्णयको गति” र “प्रक्रियाको वैधता”:

सरकार गठनपछिका प्रारम्भिक संकेतहरू – तीव्र निर्णय, आक्रामक सन्देश र उच्चस्तरीय कारबाहीले कार्यकारी सक्रियता देखाउँछन् ।
तर, यहाँ एउटा गम्भीर प्रश्न उठ्छ: के यी निर्णयहरू विधिसम्मत, पारदर्शी र संस्थागत प्रक्रियाबाट निर्देशित छन् ? लोकतन्त्रमा परिणाम जत्तिकै प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छ। यदि शासन – भीडको दबाबमा, कानुनी प्रक्रिया छोट्याउदै, भावनात्मक प्रतिक्रिया स्वरूप वा चयनात्मक रूपमा चल्न थाल्यो भने त्यसले अल्पकालीन लोकप्रियता त दिन्छ । तर दीर्घकालीन रूपमा संस्थाहरूलाई कमजोर बनाउँछ।

अन्तर्राष्ट्रिय अनुभव: बहुमतको शक्ति र लोकतन्त्रको क्षय:

विश्वका विभिन्न देशहरूले देखाएका छन् कि बलियो जनादेश सधैं लोकतन्त्रको सुदृढीकरणमा परिणत मात्रै हुँदैन । जस्तै – हंगेरी: दुईतिहाइ बहुमतपछि संविधान संशोधन र न्याय पालिकामाथि हस्तक्षेप । भारत: अनुसन्धान निकाय र मिडियामाथि राजनीतिक दबाबका आरोप । एल साल्भाडोर: लोकप्रिय नेतृत्वद्वारा न्यायाधीशहरू प्रतिस्थापन । अमेरिका: कार्यकारी र संस्थाबीच बढ्दो टकराव । यी प्रवृत्तिलेहरूले एउटै पाठ दिन्छ कि लोकतन्त्र एकैचोटि समाप्त हुँदैन; बिस्तारै खिइन्छ, अर्थात कमजोर पारिन्छ ।
यस प्रक्रियालाई “डेमोक्रेटिक ब्याकस्लाइडिङ” भनिन्छ, जहाँ कानुनी देखिने निर्णयहरूले नै संस्थाहरूलाई क्रमशः  निष्क्रिय र सीमित बनाउछन् ।

नेपालको संवैधानिक यथार्थ:, शक्ति र सन्तुलन:

नेपालको संविधानले कार्यकारीलाई शक्तिशाली बनाउँछ, तर त्यसलाई सन्तुलनमा राख्ने संयन्त्र पनि प्रदान गर्छ। तर अहिलेको अवस्थामा केही जोखिमहरू स्पष्ट छन्: जस्तै – दुईतिहाइ नजिकको बहुमतले संवैधानिक पदाधिकारीमाथि पार्ने प्रभाव, संसदीय समितिहरूमा सत्ताको नियन्त्रण, कमजोर निगरानी संयन्त्र, न्याय पालिकामाथि अप्रत्यक्ष दबाबको जोखिम आदी । यदि यी संयन्त्रहरू सन्तुलनका लागि प्रयोग नभई नियन्त्रणका लागि प्रयोग भए भने, लोकतान्त्रिक संरचना नै कमजोर हुन सक्छ।

नेपालको सम्भावित परिदृश्य:

नेपाल अहिले तीन सम्भावित दिशामा अघि बढ्न सक्छ:- पहिलो, सुधारमुखी स्थिरता- संयमित शासन, स्वतन्त्र संस्था, सक्रिय संवाद । जसको परिणाम नयाँ राजनीतिक संस्कारको स्थापना ।
दोस्रो, अस्थिर सन्तुलन – सरकार टिक्ने तर सुधार सीमित । जसको परिणाम दीर्घकालीन निराशा र थकान । र तेस्रो, संकट र पुनर्संरचना – सडक र राज्य द्वन्द्व, राजनीतिक ध्रुवीकरण । जसको परिणाम अस्थिरता र फेरि नयाँ शक्तिको समीकरण ।

अब जवाफदेहिता नाराबाट होइन, प्रक्रियाबाट:

जेन–जी आन्दोलनले उठाएको सबैभन्दा ठूलो प्रश्न थियो – “जवाफदेहिता” ? तर यसको उत्तर:
हिन्दी सिनेमाको सिंगम स्टाइल, छिटो एक्सन, आक्रामक अभिव्यक्ति वा प्रतीकात्मक कारबाही
होइन । वास्तविक उत्तर हो – विश्वसनीय, पारदर्शी,  निष्पक्ष न्याय, मजबुदी र जवाफदेही प्रक्रिया।

निष्कर्ष – शक्ति होइन, चरित्रको परीक्षा :

अहिलेको सरकारका लागि यो समय शक्ति प्रदर्शनको होइन, राजनीतिक चरित्र प्रमाणित गर्ने अवसर हो । यदि यसले – विधिको शासनलाई प्राथमिकता दियो, संस्थागत स्वतन्त्रतालाई सम्मान र सुरक्षित गर्‍यो, र फरक मतलाई सुन्ने संस्कार विकास गर्‍यो भने नेपालले नयाँ युगको सुरुवात गर्न सक्छ । तर यदि – शक्ति केन्द्रीकरण, चयनात्मक न्याय र असहमतिप्रति असहिष्णुता
हावी भयो भने, यही ऐतिहासिक जनादेश र अवसर लोकतान्त्रिक क्षयको सुरुवात बन्न सक्छ, अनि सरकार र नेतृत्वको अर्को दर्दनाक अवसान । अहिले मुलुक उभिएको दोबाटो यहीँ हो ।अन्ततः जेन–जी आन्दोलनले ढोका खोलेको छ ।
अब त्यो ढोका लोकतान्त्रिक परिपक्वतामा रूपान्तरण हुन्छ कि अस्थिरताको गर्तमा जान्छ –
त्यसको निर्णय वर्तमान नेतृत्वको विवेक, संयम र प्रतिबद्धताले गर्नेछ ।

२०८२ चैत्र १८ गते ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय