काठमाडौँ :- मध्यपूर्वमा उत्पन्न तनावपूर्ण अवस्थाका कारण कतारमा रहेका नेपाली नागरिकलाई घर फर्किन चाहेमा सम्पर्क गर्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
दोहास्थित नेपाली राजदूतावासले शनिबार जारी गरेको सूचनामा कतार आईडी भएका नेपाली नागरिकलाई साउदी अरबका विमानस्थल हुँदै स्वदेश फर्काउने व्यवस्था गरिएको उल्लेख छ ।
स्वदेश फर्किन इच्छुक नेपालीले दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन ‘अपोइन्टमेन्ट बुक’ गर्नुपर्ने दूतावासले जनाएको छ । उक्त सेवा केन्द्र एजदान मल (अल घराफा) मा रहेको छ ।




