काठमाडौँ :- नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिले भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाएको हो।
प्रदेश कार्यसमितिले पनि जिल्लाबाट प्राप्त नामलाई केन्द्रमा पठाइसकेको जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीले जानकारी दिए। उनले समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम र मनबहादुर नेपालीको नाम सिफारिस गरेको र राष्ट्रियसभातर्फ टेकराज शाही र यशोधा शाहीको नाम पनि सिफारिस गरिएको बताए।




