काठमाडौँ :- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भएको बन्दसत्रसँगै महाधिवेशनको औपचारिक समापन गरिएको हो।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले सार्वजनिक गर्नुभएको अन्तिम मत परिणामअनुसार केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ। यससँगै २५ सदस्यीय अनुशासन आयोग र लेखा आयोग पनि गठन गरिएको छ।
नवनिर्वाचित अध्यक्ष ओलीले आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष सपथ ग्रहण गर्नुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो।




