काठमाडौँ :- नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल विजयी भएका छन्, यद्यपि औपचारिक घोषणा अझै बाँकी छ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार, पोखरेलले १२२८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाए। अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन्, उनले १,६६३ मत प्राप्त गरेका छन्।




