काठमाडौँ :- केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा पुनः विजयी भएका छन्। उनले १,६६३ मत प्राप्त गरेका छन् र तेस्रो पटक पार्टी अध्यक्षको पदमा भारी मतका साथ निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार, मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गरिनेछ।




