काठमाडौँ :- काठमाडौँ क्षेत्र नम्बर-७ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १९ उम्मेदवार सिफारिस गरेको छ।
सामान्यतया पार्टीले दुई पुरुष र एक महिला मात्र सिफारिस गर्ने प्रावधान भए पनि, काठमाडौँ–७ ले यस पटक १९ जनाको नाम अघि बढाएको छ।
प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारमा नीलकाजी शाक्य, सरोजकुमार थापा, प्रमोदहरि गुरागाई, विनोद पन्त, सबिन तामाङ, पुनम लामा, सुशील भट्ट, धर्मराज अर्याल, सुरेन्द्र श्रेष्ठ, अन्जु सिंह चौधरी, दक्ष पौडेल, दिवा शिवाकोटी, गीता न्यौपाने, गोविन्दप्रसाद शर्मा, इन्द्रलाल सिंह, प्रशान्त मान सिंह मास्के, राजिव श्रेष्ठ, रामशरण थापलिया र शर्मिला फुँयाल समावेश छन्।
समानुपातिकतर्फ प्रमिलादेवी सिंह डगोल, विजयबहादुर माली, बासुदेव लामा, कमला राजभण्डारी, अन्जना मास्के, मनोज राना, सरला कोइराला आचार्य, शशी थापा, सिर्जना लामिछाने र हेराकाजी प्रजापति सिफारिस भएका छन्।
राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज), सिताराम केसी, डिल्लीराम नकर्मी, नगेन्द्रध्वज कार्की र गोमादेवी पौडेलको नाम सिफारिस गरिएको छ।




