काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजीका अगुवा मिराज ढुंगाना समूहले मंगलबार (पुस १) प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको थियो।
प्रदर्शनको क्रममा प्रहरीले अमृत कुमार बोहरा र प्रकाश शर्मा नामक दुईजनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार, उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ लैजाँदै गरिएको छ। एसपी भट्टराईले भने, “को हुन् भन्ने कुरा सोधपुछ गरिनेछ।”




