काठमाडौँ :- नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका निम्ति आज बेलुका ७ बजेदेखि मतदान गरिने भएको छ ।
पार्टीको निर्वाचन आयोगले बेलुका ७ देखि राति १ बजेसम्मको मतदान तालिका सार्वजनिक गरेको छ ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । प्राविधिक टोलीले तयार पारेको क्रमसंख्यासहितको नामावली तलमाथि परेपछि पुनः मिलाउँदा समय लागेको एमाले निर्वाचन आयोगले जनाएको छ ।





