काठमाडौं :- नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ ।
भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ७ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने तय गरिएको थियो। तर, उक्त समयलाई सारेर दिउँसो १ बजेबाट सुरु गर्ने निर्णय गरिएको थियो।
अब फेरि बन्दसत्रको समय दिउँसो ३ बजेका लागि तय गरिएको छ, पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।




