काठमाडौं :- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले)को ११औं महाधिवेशनमा सहभागी हुने छैनन्।
प्रचण्डले महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने भन्दै टेलिफोनमार्फत शुभकामना सन्देश पठाइसकेका छन्। कर्णाली प्रदेशको एकता सन्देशसभा भोलिका लागि निर्धारित भएकाले उनले एमालेको महाधिवेशनमा सहभागिता जनाउन नसक्ने जनाएका छन्।




