काठमाडौं :- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेकी छन्, जुन ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको थियो । आज उनले उक्त भवनको अवलोकनका लागि नयाँ बानेश्वर पुगिन्।
यस अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल समेत उपस्थित थिए । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको दौरान संसद् भवनमा तोडफोड र आगजनी भएको थियो ।




