काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेट भएको छ।
आइतबार दिउँसो सिंहदरबार अवलोकन गर्न पुगेकी भण्डारीले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नको लागि समय निकालेको हो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी भएको थियो, र भण्डारी पहिलो पटक त्यस घटनाको अवलोकन गर्न गएकी हुन्।




