काठमाडौँ :- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७ गतेदेखि सुरु हुने भएको छ, जसको उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यहरूको घरघरमा पत्र पठाउन थालिएको छ।
राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको संकटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसरको रूपमा महाधिवेशनलाई रुपान्तरित गर्नुपर्ने बताएका अध्यक्ष ओलीले एमालेलाई राष्ट्रियता र स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक र समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने पार्टीका रूपमा चित्रित गरे। उनले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भन्दै टिप्पणी गरेका छन्।
एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीमा हुने छ।




