काठमाडौँ :- नेकपा (एमाले) ले ‘नवयुग’ नामक दैनिक ई-बुलेटिनको प्रकाशन सुरु गरेको छ।
आज (शनिबार) ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित विशेष समारोहमा ई-बुलेटिनको शुभारम्भ गरिएको हो।
पार्टीको केन्द्रीय प्रचार विभागले महाधिवेशन र अन्य पार्टी गतिविधिहरूलाई केन्द्रित गर्दै डिजिटल माध्यमबाट सूचना प्रवाहलाई प्रभावकारी बनाउन यस पहलको सुरु गरेको हो।
समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंखर पोख्रेल लगायतका नेताहरूको उपस्थिति थियो।




