काठमाडौँ :- मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका हुन्।
शुक्रबार अपरान्ह, सात दलीय गठबन्धनको तर्फबाट यादवले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। उनलाई कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपाल जस्ता ६ दलका ७७ प्रदेश सभा सदस्यहरूले समर्थन गरेका छन्।
तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि, १७ मंसिरमा प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।



