काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक आगामी शुक्रबार अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने भएको छ।
बैठकमा आगामी राष्ट्रियसभा र प्रतिनिधि सभा निर्वाचनको तयारीबारे महत्वपूर्ण छलफल हुने जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ।
यस बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन्।



