काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई नर्वेका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरेको भन्ने जानकारी राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा दिइएको छ।



