काठमाडौँ :- पूर्वमन्त्री तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनपछि दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। असोज २८ गतेदेखि जारी सो बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे विस्तृत छलफल भइरहेको छ। महाधिवेशनको मिति निर्धारणका विषयमा नेताहरूले फरक–फरक धारणा प्रस्तुत गरिरहेका छन्।




