काठमाडौँ :- निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्न लागेको छ ।
आयोगका अनुसार निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको हो ।
विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न लागिएको आयोगले जनाएको छ ।
आयोगले यसअघि पनि राजनीतिक दलहरूसँग समेत छलफल गरेको थियो ।




