काठमाडौं :- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ।
आइबतार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो।
बैठक अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने बताइएकाे छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज धोविघाटमा पदाधिकारी बैठक राखेका थिए। उक्त बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो।



