काठमाडौँ :- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आजसम्म मात्र रहेको छ। निर्वाचन आयोगका अनुसार, कुल १३४ दल दर्ता भएका छन्, जसमा ८० दलले मंगलबारसम्म आफ्नो दल दर्ता प्रक्रिया पूरा गरेका छन्।
आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता गरिएका दलहरू मात्रै चुनावमा भाग लिन पाउनेछन्। यसबाहेक, पहिले दर्ता भएका दलहरूले पनि निर्वाचनमा भाग लिनका लागि पुनः दल दर्ता गराउनुपर्ने प्रावधान रहेको छ ।



