काठमाडौँ :- नेपाली कम्युनिस्ट पार्टीका संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले पार्टीमा हाल हजारौँ युवाहरू जोडिएको बताएका छन्। आज काठमाडौँको पेरिसडाँडामा आयोजित कार्यक्रममा विभिन्न संगठनका व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले पार्टीका सबै संरचनालाई छिटो र व्यवस्थित रूपमा एकताबद्ध गर्नुपर्नेमा जोड दिए।
उनले भने, “सबै सच्चा कम्युनिस्ट क्रमशः गोलबन्द हुँदै जानेछन्। हामीले गरेको सक्रिय सम्बोधनका कारण युवापुस्ताले नेपाली कम्युनिस्ट पार्टी नै आफ्नो असली अभिभावक पार्टी हो भनेर बुझ्दै आएका छन्। त्यसैले हजारौँ युवाहरू अहिले पार्टीमा प्रवेश गरिरहेका छन्।”












