काठमाडाैं :- पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँको बानेश्वरस्थित थापागाउँको आफ्नै घरमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएकाे हाे ।
खनियाँ रेडियो-अडियोका सञ्चालक हुन्। उनकी एक श्रीमती र एक छोरी छन् । घटनाकाे अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।



