काठमाडौं :- दुर्गा प्रसाईंलाई भक्तपुरस्थित घरबाट काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यरात पक्राउ गरेको छ। हिंसा भड्किने प्रकारका अराजक गतिविधि र अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा रिहा भएका थिए। राजावादी गतिविधिमा संलग्न उनी बैंक ऋण मिनाहा गर्नुपर्ने माग राख्दै पुनः आन्दोलनको तयारीमा रहेको बताइएको छ।



