काठमाडौं :- फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र लिन आज अन्तिम दिन हो। आयोगले तोकेको समय आज साँझ कार्यालय समयपछि सकिनेछ। यस अवधिमा धेरै नयाँ दल दर्ता भएका छन्। केहीले प्रमाणपत्र लिइसकेका छन् भने बाँकी दलहरूले आजै प्रमाणपत्र पाउनेछन्।
निर्वाचन आयोगका अनुसार हालसम्म आधिकारिक दलको संख्या १२६ पुगेको छ, र कुल संख्या आज टुंगिनेछ। यस्तै, मंसिर १–१० गतेसम्म प्रतिनिधिसभा सदस्यका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ।



