काठमाडौँ :- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा उपचार गराएर नेपाल फर्किएका छन्। भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का दौरान प्रदर्शनकारीद्वारा कुटपिटका कारण घाइते भएका देउवा दम्पती कात्तिक १० गते सिंगापुर गएका थिए।
सिंगापुरमा उपचारपछि उनीहरू आज १८ दिनपछि स्वदेश फर्किएका हुन्।




