काठमाडौँ :- राष्ट्रियसभा सचिव सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेल, संघीय संसद्का महासचिव तथा प्रतिनिधिसभाका सचिवसमक्ष बुझाएका हुन्, जुन आजदेखि नै लागू हुने गरी पेश गरिएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालको राजीनामा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवा सुविधा र सर्तसम्बन्धी ऐन, २०७५ को दफा ६ (क) अनुसार स्वीकृत हुने गरी पेश गरिएको उल्लेख गरिएको छ।




