काठमाडौँ :- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले वर्तमान सरकार आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। ललितपुरको इमाडोलस्थित बोजेपोखरी (इभी दह) मा छठ पूजा व्यवस्थापन समाजले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकारले निर्वाचन तयारी, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए।
उनका अनुसार, “अहिलेको सरकार निर्वाचन सफल पार्न, सुशासन सुनिश्चित गर्न र भ्रष्टाचार नियन्त्रण गर्न दृढ छ। साथै, जेनजी आन्दोलनका क्रममा भएको धनजन क्षतिको निष्पक्ष अनुसन्धान गरी आवश्यक कारबाहीका प्रक्रिया अघि बढाइँदैछ।”




