काठमाडौँ :- मुलुकको वर्तमान सुरक्षा अवस्थाको मूल्यांकनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको थियो। बैठकमा सुरक्षा प्रमुखहरूले देशको हालको सुरक्षा स्थिति तथा चुनौतीबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए, प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, “सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरिएको छ। विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेको जानकारी प्राप्त भएको छ। राजनीतिक मागहरू जिम्मेवार ढङ्गले राख्ने सबैलाई स्वतन्त्रता छ।”
उहाँले थप्नुभयो कि राजनीतिक मुद्दाहरूको समाधानका लागि सरकारले संवादको ढोका खुला राखेको छ र सम्बद्ध पक्षहरूसँग आवश्यक वार्ता गर्न तयार रहेको छ।


