जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ पार्टी घोषणा गर्न लागेका छन्।
शनिबार दिउँसो १ बजे काठमाडौँस्थित होटल एभरेस्टमा आयोजित पत्रकार सम्मेलनमा उनले औपचारिक रूपमा पार्टीको घोषणा गर्नेछन्।
आजै टिकटकमा एक भिडियो सार्वजनिक गर्दै ढुंगानाले अब पार्टी खोल्नुपर्ने अवस्था आएको बताए। उनले नयाँ पार्टी गठनका लागि वार्ता समिति समेत गठन भएको जानकारी पनि दिएका छन्।


