काठमाडौं :- नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा शुरू भएको छ। केहीबेरअघि आरम्भ भएको बैठकमा पार्टीका आगामी एजेन्डा र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।
एमालेले आगामी असोज २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आजको सचिवालय बैठक बोलाएको हो। बैठकमा जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक व्यवस्थापन तथा संगठनात्मक अवस्थाबारे पनि विस्तृत समीक्षा हुने जनाएको छ।




