काभ्रे :- हालको अविरल वर्षाबाट देशभर जनधन र भौतिक पूर्वाधारमा भएको ठुलो क्षतिको पृष्ठभूमिमा नेकपा (माओवादी केन्द्र) काभ्रेले गहिरो दुःख व्यक्त गर्दै सबै राजनीतिक गतिविधि तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
पार्टीले असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनजीवन कष्टकर बनेको र धेरै स्थानमा ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै मृतकहरू प्रती श्रद्धाञ्जली अर्पण गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
माओवादी केन्द्र काभ्रेद्वारा जारी वक्तव्यमा भनिएको छ —
“राजनीतिक र प्राकृतिक प्रकोप एकैपटक व्यहोर्नुपरेको यस पीडादायी अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि सबै राजनीतिक गतिविधि स्थगित गरी उपलब्ध सम्पूर्ण शक्ति राहत र उद्धारमा लगाउने निर्णय गरिएको छ।”
यसअघि असोज २५ गतेका लागि तय गरिएको युवा कम्युनिस्ट लिग (YCL) काभ्रे जिल्ला सम्मेलन पनि सोही निर्णयअनुसार स्थगित गरिएको नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले जनाए । यो समय उद्धाए कार्यमा लाग्नु पर्ने भएको हुदा स्थगित गरिएको समेत जानकारी गराए ।
पार्टीले सम्पूर्ण कार्यकर्ता, समर्थक र जनसमुदायलाई राहत, उद्धार तथा सहयोग अभियानमा सक्रिय रूपमा सहभागी हुन अपिल समेत गरेको छ।




