गृह मन्त्रालयद्वारा विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह
११ आश्विन २०८२, शनिबार १३:३२
काठमाडौँ :- गृह मन्त्रालयले विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न अनुरोध गरेको छ । हालै भएको जेनजी प्रदर्शनमा भएको घुसपैठलाई मध्यनजर गर्दै मन्त्रालयले विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी गर्न आग्रह गरेको हो ।