काठमाडौँ :- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् ।
पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
माओवादीका उपमहासचिव जनार्दन शर्मासहित केही नेताले नेतृत्व परिवर्तनलगायत माग राख्दै आएका थिए । शुक्रबार अध्यक्ष प्रचण्डले संविधान दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दे नेतृत्व फेर्न तयार रहेको बताएका थिए ।




