काठमाडौं :- प्रहरी दमनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका छन्। जेनजीले सोमबार गरेको आन्दोलनपछि भएको दमनको प्रतिवादस्वरूप उनीहरू संसद भवनमा छिरेका हुन्।
यसअघि सोमबार पनि उनीहरूले संसद भवनमा प्रवेश गरेका थिए। सो क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको र ४०० भन्दा बढी घाइते भएका थिए।




