काठमाडौँ :- गृहमन्त्री रमेश लेखकले सोमबारको ‘जेनजी’ आन्दोलनमा भएको अकल्पनीय मानवीय क्षतिप्रति जिम्मेवारी लिँदै नैतिक आधारमा राजीनामा दिने जानकारी नेपाली कांग्रेस पदाधिकारी बैठकमा गराएका छन् ।
उनको राजीनामा आजै सार्वजनिक हुने सम्भावना रहेको एक पदाधिकारीले बताए ।
काठमाडौंसहित देशभरका विभिन्न शहरमा जेनजी प्रदर्शनका क्रममा १५ जनाभन्दा बढीको मृत्यु भएपछि गृहमन्त्री लेखकसहित सरकारप्रति चौतर्फी आलोचना बढेको छ ।




