काठमाडौँ :- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
बैठक आइतबार बिहान ९ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ । सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।




