काठमाडौँ :- भूमिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । विवादमा परिरहेको सो विधेयक सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले गरेका संशोधनहरू समेटिएपछि समितिबाट अघि बढाइएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारका अनुसार विधेयकमा सांसदहरूले दिएको करिब ७० प्रतिशत संशोधन समेटिएका छन् । उनले भने, “अहिलेसम्म आएका विधेयकहरूमध्ये यो विधेयकमा सबै माननीयका करिब ७० प्रतिशत संशोधन परेका छन् । विधेयकमै नराखिएको कुरा राखेन भन्न मिल्दैन ।”




