मनाङ :- निर्वाचन आयोगले मनाङ १ (२) मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आज एक विज्ञप्तिमार्फत आयोगले मनाङ १ (२) का लागि निर्वाचन मिति तोकेको हो । सोहीदिन रूपन्देही–३ मा उपनिर्वाचन हुँदै छ ।
०७९ को निर्वाचनबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । ०८१ कात्तिक २० गतेदेखि मनाङ १ (२) रिक्त छ ।




