काभ्रे :- युरोप भ्रमणको क्रममा स्पेनमा पुगेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा राजनीति सही नभएसम्म मुलुकले अघि बढ्न नसक्ने बताएका छन् । एनआरएनए क्षेत्रीय समिति कोष्टाव्लाङ्का र नेपाल समाज एशोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा बोल्दै घिसिङ्ले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए ।
उनले भने, ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन’, ‘अहिले देशभरि झण्डै हरेक घरमा बत्ती पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन। देशभित्र हरेक क्षेत्र उज्यालो हुनुपर्छ ।, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्न उज्यालो नेपाल अभियान सुरु गरिएको हो ।’
उनले सबै राजनीतिक दलभित्र र बाहिर, स्वदेश वा विदेशमा रहेका नेपाली मिलेर राम्रो नेतृत्व जन्माउनु पर्नेमा जोड दिए ।




