आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न तयार पारिएको विधेयक, २०८० को प्रतिवेदन पेस गरिएको छ।
शुक्रबारको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। समितिले बिहीबार नै विधेयक पारित गरेको थियो।
प्रतिवेदन पेस गर्दै सभापति थापाले यस विधेयकले ऐतिहासिक मार्ग अपनाएको दाबी गरे। साथै, उनले विधेयकप्रति असन्तुष्टि जनाउने सरोकारवालालाई आन्दोलनको बाटो नअपनाउन आग्रहसमेत गरे।
उनले भने, “यो न पहिले थियो, न पछि आउनेछ। यसले ऐतिहासिक बाटो अवलम्बन गरेको छ। त्यसैले संसदकै माध्यमबाट आन्दोलन गर्छौँ भन्नेहरूलाई म त्यो बाटो नलिन आह्वान गर्न चाहन्छु।”




