काभ्रे :- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गल्ती गरिरहेको बताएका छन् । आज पार्टीको केन्द्रीय कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको बताएका छन् ।
उनले सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम नगरेको आरोप लगाए । उनले उपसभामुख एक आदिवासी जनजाति महिला भएको र सामाजिक सेवा तथा बालबालिकाको हेरचाहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको व्यक्ति भएको कुरामा जोड दिए। उनले यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत भएको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्ने घोषणा गरे।




