काभ्रे :- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले भक्तपुरस्थित आफ्नै निवासमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले अब राजनीतिक दल खोलेर अघि बढ्ने घोषणा गरे ।
‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।
केही दिनमै दलको नाम घोषणा गर्ने प्रसाईंले बताए । ‘मलगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौँ । त्यस कारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने, ‘केही दिनमै दलको नाम घोषणा हुन्छ ।’




