काभ्रे :- नेपाली बजारमा बिहिवार सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी बढेर २ हजार ३०५ रुपैयाँमा कायम भएको थियो ।




