काभ्रे :- गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूलाई मन्त्रालयमा तानिएको हो । रुपन्देहीमा डा.टोकराज पाण्डे र सिन्धुपाल्चोक बन्धुप्रसाद बास्तोलालाई पठाउने निर्णय पनि मन्त्री लेखकले गरेका मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ ।
यो निर्णय सोमबार गरिए पनि आइतबारबाट रिक्त भएको मन्त्रालयको प्रवक्ता मन्त्री लेखकले कसैलाई तोकेनन् ।




