ट्रेन्डिङ

इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकी प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित।

चेक बाउन्स प्रकरणमा प्रशान्त बहादुर पाठक पक्राउ।

पोखरामा स्कुटर दुर्घटना हुँदा आशिष कुँवरको मृत्यु

एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

जलवायुजन्य विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्यमा जोड

चक्रवात ‘अरनब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न सरकारले दियो आशयपत्र

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन कमजोर, सरकार गठनमा अन्योल

गाभीले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप उपलब्ध गराउने

सहकारी पीडितको पीडा सुन्दै मन्त्री रावल, बचत फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता

बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किए, ११ जना घाइते

झापामा अलकत्रा प्लान्टमा आगलागी, एक घाइते, २० लाखको क्षति

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाली बजारमा सुन तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो

बबरमहलको आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

पोखरामा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय पैदलयात्रीको मृत्यु

ब्रेक फेल भएपछि बस खोल्सामा खस्यो, म्यानमामा ६ जनाको मृत्यु

नेपालले असोजमा भारततर्फ गर्‍यो रु. ५ अर्ब ९२ करोडको विद्युत् निर्यात

चितवनमा दसैँ अवधिमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

आजको विदेशी मुद्रा विनिमय दर

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १७ अर्ब ९४ करोड रुपैयाँ मौज्दात

टेस्ला र स्पेसएक्सको प्रविधि समेटिएको नयाँ रोडस्टर सार्वजनिक

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

प्रहरी सङ्गठनलाई सक्षम र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

बजारमा सुनचाँदीको मूल्य उकालो लाग्यो

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरी आवागमन सहज बनाइयो

मन्त्रिपरिषद बैठक सिंहदरवारमा

कांग्रेस सहमहामन्त्री (महिलातर्फ) मा प्रतिमा गौतम निर्वाचित

आईपीयूको १५३औँ महासभामा सहभागी भएर सभामुख डीपी अर्याल स्वदेश फर्किए

रसुवा–भोटेकोशी बाढीका मृतकको सम्झनामा आयोजित विशेष घेवामा प्रचण्ड सहभागी

नेपाली मौलिक स्वादको प्रवर्द्धन गर्न भोलिदेखि तेस्रो ‘पक्कु फेस्टिभल–२०८३’

दसैँ–तिहारमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँदेखि अनलिमिटेड प्याकेज

स्थानीय निर्वाचनको तयारीमा एमाले, वडा र पालिका अधिवेशनको मिति सार्वजनिक

वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि यातायात सञ्चालन

शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने तयारी

महँगो आवासले नेपालीको स्वास्थ्य र भविष्यका योजनामा असर

दशैंका लागि तम्घासमा भेडा–च्याङ्ग्रा भित्रिए, करिब एक सय वटा बिक्रीमा

दशैंका यात्रुका लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ सुरु

कांग्रेस निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिलाई गगनको अपिल

सोलुखुम्बुबाट सर्वाधिक मतसहित आङ्गेलु शेर्पा निर्वाचित, कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा ।

सेयर बजारमा गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

एलपी ग्यासको सम्भावित अभाव रोक्न सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी

जलवायु न्यायलाई प्राथमिकतामा राखेर राष्ट्रसंघ महासभामा नेपालको सहभागिता

आकर्षक तलबको प्रलोभन देखाएर साइप्रस पठाउने भन्दै ठगी, युवक पक्राउ

सुनचाँदीको मूल्य उकालो, सुन तोलामा ५ सय बढ्यो

रसुवा भन्सारका १४ कर्मचारी अझै बेपत्ता, परिवारलाई अर्थमन्त्रीको साथ रहने प्रतिबद्धता

भोटेकोशी र कालीगण्डकी करिडोरको विपद् अध्ययन गर्न राष्ट्रियसभाले विशेष समिति गठन

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

प्रतिनिधिसभाले आर्थिक विषयका तीन विधेयक समितिमा पठायो

निजामती सेवा सुधारका लागि नयाँ आधार तयार हुन्छ : मन्त्री रावल

सुन प्रतितोला २ लाख ९३ हजार ३ सय, चाँदी ४ हजार ४२५ रुपैयाँ

असोज १६ गते रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य

नेप्से ४.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ७६ करोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, भैरव र गणेशको दर्शन

सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध, हटाउन समस्या

जम्मु-कश्मीरमा सीआईएसएफ जवानको गोलीकाण्ड, चार जनाको मृत्यु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक : स्वास्थ्यमन्त्री

झापाको बुद्धशान्तिका २६ परिवारले ३६ वर्षपछि पाए जग्गाधनी पुर्जा

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन उद्घाटन असोज १८ गते हुने

मनाङको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, आठ जना अझै बेपत्ता

नेप्से परिसूचक १६ अंकले घट्यो, कारोबार रकम साढे पाँच अर्ब नजिक

काभ्रेमा डेङ्गीको जोखिम कायमै, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह

संसद्मा महिला, बालबालिका र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आपत्तिजनक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

सांगीतिक यात्रा विस्तार गर्दै रिया खत्रीले सार्वजनिक गरिन् ‘युके शहर’

बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

आज सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९९ हजार ३ सय

पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति

लागुऔषधसहित काठमाडौँ उपत्यकाबाट पाँच जना पक्राउ

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

होटल व्यवसायको प्रवद्र्धन र व्यवसायीका समस्या समाधानमा जोड

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चीनले दक्ष जनशक्ति र पुँजी बाहिरिन रोक्न विदेश यात्रा नियम कडा बनायो

भारी वर्षाबीच कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन

बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा चीनको सहयोग माग

लगातार वर्षापछि कृष्णभीर सडकखण्डमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मनोहरामा पानीको बहाव बढेपछि च्यासल क्षेत्र अनुगमनमा पुगे गृहमन्त्री

जलाशयको सतह बढ्न नदिन कुलेखानीका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

एसियाली खेलकुदमा अफगानिस्तानलाई हराउँदै नेपाल ५ विकेटले विजयी

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

तामाका भाँडा चोरी गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

भोटेकोशी बाढीको संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व माग

२०औँ एसियाली खेलकुदमा पुरुष क्रिकेटका खेल आजदेखि सुरु

भारी वर्षाको सम्भावनापछि कास्कीमा उच्च सतर्कता, रात्रिकालीन यातायातमा रोक

संवैधानिक निकायका पदाधिकारीलाई दोहोरो सुविधा रोक्ने गरी कानुन बनाउँदैछौँ : मन्त्री गौतम

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

ललितपुरको जावलाखेलमा पुरुष मृत फेला, सनाखत हुन सकेन

प्रतिनिधिसभाबाट भुक्तानी तथा फर्स्योट विधेयकलाई सैद्धान्तिक स्वीकृति

सुन प्रतितोला ३ लाख २ हजार २ सय, चाँदी ४ हजार ८१५ रुपैयाँ

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सेयर बजारमा हरियाली, नेप्से २६५४ अंकमा

कैलाली पुगेर प्रधानमन्त्री ओलीले भने-‘देश विकासका लागि सरकार प्रतिबद्ध छ’

काभ्रे :- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्। कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन ल्याउनका लागि योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, स्थायित्व कायम गर्ने गरी काम गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “देशमा स्थिरता, स्थायित्व, विकास, सुशासन ल्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ, आगामी चुनावसम्म यो सरकार जान्छ ।” रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणबाट सरकारको विकासप्रतिको चाहाना एवं तीव्रता दिने कुरालाई झल्काएको उल्लेख गर्दै उनले यो आयोजनाको तेस्रो चरणको काम पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले १२० वर्षदेखिको परम्परागत सीपबाट सुरु भएको यो सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीयको जनसहभागिता र सरकारको समन्वयबाट आजको यो सफलता प्राप्त भएको बताए । देश विकासका लागि प्रतिबद्ध रहेका उनले यो सिँचाइ आयोजना निर्माणबाट नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताए । यस आयोजनाले ग्रामीण जीवनशैली परिवर्तन कृषि उत्पादनमा वृद्धि ऊर्जामा आत्मनिर्भर खाद्य सुरक्षामा टेवा पुर्‍याउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो सिँचाइ आयोजनाको तेस्रो चरणको काम अघि बढाउन विश्व बैंकसँग ऋण लिने निर्णय गरेको छ ।” उनले मधेसमा देखिएको सुक्खा ग्रस्त समस्याका साथै खानेपानीको अभाव समाधान गर्न ५०० वटा डिप बोरिङ जडान गर्न लागेको जानकारी र्दिए । चुरे संरक्षणका लागि चुरे क्षेत्रमा मत्स्यपालन र पोखरी निर्माण गरी पानी रिचार्ज हुनसक्ने भएकाले सरकारको ध्यान यसतर्फ गएको उनले बताए ।

सुनकोशी मरिन डाइभर्सन, भेरी बबै सिँचाइ आयोजना, तमोर डाइभर्सनलगायत महत्त्वपूर्ण आयोजनाको निमार्ण पूरा गर्न सरकारले ध्यान दिएको उनले बताए । सामाजिक संस्कृति, सभ्यता मूल्यमान्यता विपरीत एक थरीले जथाभाबी गाली गर्ने, सामाजिक सञ्जालमा खाली लेख्ने, हरेक विकासका काममा विरोध गर्ने गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

ऊर्जा जल स्रोत सिँचाइमन्त्री दिपक खड्काले दुई ठूला दल एक ठाउँमा उभिएर काम गर्दा राजनीतिक परिवर्तन र देश विकासको सवालमा प्रतिफल दिइरहेको बताउँदै हरेक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले यो सिँचाइ आयोजनामा निर्माण भएको विद्युत् गृहबाट वार्षिक राम्रो आम्दानी हुने देखिएको उल्लेख गरे।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सिँचाइ आयोजनाको निर्माण भएबाट मुलुकले समृद्धिको आधार तय गरेको अनुभव भएको सुनाए । उनले सुदूरपश्चिम जलस्रोतमा धनी भए पनि यसको सही सदुपयोग हुन नसकेकाले उपयोग गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्रीले प्रदेशका महत्त्वपूर्ण सडक सञ्जाल, गेटा विश्वविद्यालय र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाँकी खण्डको निमार्णका लागि पर्याप्त बजेट छुट्याउन व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले पहिलो तथा दोस्रो चरणमा निर्माण भएको नहरसहितको सिँचाइ प्रणालीबाट १४ हजार ३०० क्षेत्रफल जग्गामा सिँचाइ पुगेको र विद्युत्गृहबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिए । सिँचाइ प्रणालीबाट स्थायी रूपमा सिँचाइ सुविधा उपलब्ध हुँदा धान, गहुँ र मकैको उत्पादकत्व वृद्धि भएको जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीले यो सिँचाइ आयोजनाको कर्णाली नदीमा रहेको मुख्य मुहान (इन्टेक) को स्थलगत निरीक्षण अनुगमन गरेका थिए। प्रधानमन्त्रीको स्थलगत निरीक्षण टोलीमा ऊर्जा जल स्रोत तथा सिँचाइमन्त्री खड्का, सुदूरपश्चिमका मुख्यमन्त्री शाह, मन्त्रालय र सिँचाइ विभागका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष २०६७/०६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/०७५ मा सकिएको थियो भने दोस्रो चरण २०८०/०८१ मा सम्पन्न भएको हो । अद्यावधिक गुरुयोजनाअनुसार २०८२ मसान्तसम्म रु २० अर्ब ५८ करोड ५६ लाख बराबरको .६९.५५ प्रतिशत) काम र ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यो सिँचाइ आयोजनाअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । साथै सिँचाइ प्रणालीअन्तर्गत नै जानकी गाउँपालिका-९ कटाँसेमा निर्माण पूरा भएको विद्युत्गृहबाट चार दशमलव ७१ मेगावाटको विद्युत् उत्पादन भएको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

सिँचाइ आयोजनाको लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ । यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको सिञ्चित क्षेत्र २० हजार ३०० हेक्टर हुनेछ । तेस्रो चरणको काम पूरा भएमा यो सिँचाइ आयोजनाबाट कूल ३८ हजार ३०० हेक्टर क्षेत्रफलको जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने आयोजना कार्यालयका प्रमुख प्रेम घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय