काठमाडौँ :- नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । तोलामा ११ सय रुपैयाँले घटेर आज प्रतितोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि शुक्रबार एक लाख ९४ हजार सात सय रुपैयाँमा कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । प्रतितोलामा ५० रुपैयाँले घटेर आज प्रतितोला चाँदी २२ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




